काठमाडौँ । बुटवलको मैनाबगरस्थित एक स्वदेशी अटो वर्कसपबाट भन्सार छली गरी ल्याइएको भनिएको मोटर पार्ट्स (क्राउन) प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी बिट मैनाबगरबाट खटिएको टोलीले करिब दुई लाख रुपैयाँ बराबरका ती पार्ट्स नियन्त्रणमा लिएको हो ।
प्रहरीले सामानको वैधता शंका लागेपछि आवश्यक जाँच थालेको जनाएको छ । बुटवल अटो इन्जिनियरिङ एशोसिएसनका अध्यक्ष प्रेम गौचनका अनुसार सवारी मर्मतका क्रममा गाडीधनीले आफैं ल्याएको पार्ट्स प्रयोग गर्न लागिएको थियो । ‘गाडीधनीले नै सामान ल्याएकाले सुरुमा बिलबिजक माग गरिएको थिएन,’ उनले भने, ‘तर पछि शंका उत्पन्न भएपछि प्रहरीलाई खबर गरियो ।’
प्रहरीका अनुसार, सोधपुछका क्रममा सम्बन्धित भन्सार कागजात तथा बिलबिजक पेश गर्न नसकिएपछि ती सामग्री अवैध रूपमा भित्र्याइएको प्रारम्भिक रूपमा पुष्टि भएको छ । त्यसपछि सामग्री नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको छ ।
यस घटनापछि अटो व्यवसायीहरूले भन्सार प्रणालीमा कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । वाणिज्य उपाध्यक्ष बाबुराम आचार्यले अवैध रूपमा भित्रिने यस्ता पार्ट्सले वैध व्यवसायमा असर पार्ने, राजस्व चुहावट बढाउने र सवारी सुरक्षामा समेत जोखिम सिर्जना गर्ने बताए । उनले भने, ‘भन्सार नाकामा निगरानी कडाइ नगरेसम्म यस्ता गतिविधि नियन्त्रण गर्न कठिन हुन्छ ।’
प्रहरीले पछिल्लो समय भन्सार छलीका घटना बढ्दै गएको भन्दै निगरानी थप कडा बनाइएको जनाएको छ । साथै, सबै व्यवसायी तथा सेवाग्राहीलाई कानुनी प्रक्रिया पूरा गरी मात्रै सामान खरिद-बिक्री गर्न आग्रह गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्