काठमाडौँ । नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ । यस विशेष योजनाअन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरूले अब थप २ महिनासम्मको बोनस पाउनेछन् ।
यो अफर अन्तर्गत २००, ३००, ६०० र १००० Mbps का उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ वार्षिक कनेक्सन गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि प्रदान गरिनेछ, जसले प्रयोगकर्तालाई अझ बढी समयसम्म निरन्तर उच्च गुणस्तरको इन्टरनेटको अनुभव लिन सहयोग गर्नेछ ।
डिशहोम इन्टरनेट नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूमध्ये एक हो, जसले छिटो, भरपर्दो र ग्राहकमैत्री इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार, बढ्दो डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै ग्राहकलाई सुलभ र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।
अफरका मुख्य विशेषताहरू:
- नयाँ वार्षिक इन्टरनेट जडानमा मात्र लागू
- २०० देखि १००० Mbps सम्मका प्याकेजहरू उपलब्ध
- २ महिना अतिरिक्त बोनस
- सीमित अवधिका लागि मात्र लागू
नयाँ जडानका लागि नजिकको डिशहोम डिलर वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिनेछ ।
डिशहोम सधैं ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धतासाथ अघि बढ्दै आएको छ । नयाँ वर्षको यस विशेष योजनासँगै डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्