Skip to content
LAXMI SUNRISE BANK

आफ्नै कर्मचारीले गरे राष्ट्र बैंकको वार्षिकोत्सव बहिष्कार !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कर्मचारीले वार्षिकोत्सव बहिष्कार गरेका छन् । राष्ट्र बैंकको उच्च व्यवस्थापन गैरजिम्मेवार भएको भन्दै कर्मचारीले नै राष्ट्र बैंकको ७१औँ वार्षिकोत्सव बहिष्कार गरेका हुन् ।

वार्षिकोत्सव बहिष्कार गर्दै राष्ट्र बैंकका कर्मचारीहरुले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन बढुवामा ढिलाई भएको भन्दै विरोध गरेका छन् ।

विरोध गर्दै कर्मचारीहरुले ‘आफ्नालाई काखा, अरुलाई पाखा बन्द गर’, भित्रि सेटिङ बन्द गर, पारदर्शी बढुवा लागू गर’, ‘घुम्न मिल्ने, बढुवा गर्न नमिल्ने ?’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

उनीहरुले आन्तरिक प्रतिस्पर्धाका लागि परीक्षा भएर नतिजा समेत आइसक्नुपर्ने बेलामा बढुवा प्रक्रिया ढिलाई भएको भन्दै विरोध जनाएका छन् । उक्त विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि वार्षिकोत्सव कार्यक्रम नै बहिष्कार गर्नुपरेको कर्मचारीहरुले बताएका छन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK