Skip to content
LAXMI SUNRISE BANK

कर्णालीमा उच्चस्तरीय खेल प्रशिक्षण केन्द्र स्थापना हुने बाटो खुल्यो

अर्थ सरोकार

काठमाडौँ । कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार विकासतर्फ महत्वपूर्ण फड्को मारिएको छ । जुम्लामा प्रस्तावित कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर स्थापना गर्न आवश्यक जग्गा औपचारिक रूपमा सुनिश्चित भएपछि लामो समयदेखि रोकिएको योजना पुनः जीवित बनेको हो ।

द काउन्सिल अफ जेन-जी  का संयोजक प्रकाश खड्काको सक्रिय पहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहतालाई लालपुर्जा हस्तान्तरण गरिएको हो । पातारासी गाउँपालिका-३, लोठचौरमा रहेको ६ हजार १ सय २० वर्ग मिटर क्षेत्रफलको जग्गा स्थानीय व्यक्तिहरू लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराएका हुन् ।

कार्यक्रममा जुम्ला जिल्लाका खेलकुद प्रमुख कबिदत्त न्यौपानेसहित विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

२०७५ सालदेखि रोकिएको यो परियोजना प्रकाश खड्काको निरन्तर पहल र समन्वयपछि मात्र पुनः गति लिन सफल भएको हो । उनको सक्रियताले ठप्प परेको योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

यससँगै कर्णालीमा उच्चस्तरीय खेल प्रशिक्षण केन्द्र स्थापना हुने बाटो खुलेको छ । उच्च भू-भागमा हुने प्रशिक्षणले खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ, जसबाट स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडीहरूले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK