Skip to content
LAXMI SUNRISE BANK

रविले भने- ‘पूर्वगृहमन्त्री गुरुङमाथि चाँडै छानविन हुन्छ’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानविन गर्ने बताएका छन् । बुधवार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले गुरुङमाथि उठेका विषयहरुको छानविन प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिएका छन् । 

गुरुङले नै आफूमाथि छानविनको माग गरेको लामिछानेले बताएका छन् । उनका अनुसार कुन प्रक्रियाबाट छानविन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन । 

‘छानविनको प्रक्रिया चाँडै शुरु हुन्छ । त्यो कस्तो प्रकारको हुन्छ भन्ने तपाईहरुले जानकारी पाइहाल्नुहुन्छ ।’, उनले भने, ‘उहाँले अहिले नैतिकता देखाएर, म माथि प्रश्न उठेको हुनाले छानविन गरियोस् नै भन्नुभएको छ । उहाँमाथि छानविन हुन्छ, कुन प्रक्रिया बाट छानविन गर्ने भन्ने छ, चाँडै छानविन हुन्छ ।’ 

त्यस्तै, लामिछानेले विवादीत व्यवसायी दीपक भट्टसंग अनुचित कारोबार लागेको आरोप लागेपछि गुरुङले गृहमन्त्रीबाट राजिनामा दिएको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK