Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो, प्रतितोला ३ लाख ५ सय रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले बढेर तीन लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला ५०४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५७ हजार ६ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४३२५.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK