काठमाडौँ । सरकारले स्वास्थ्य संस्थाहरुलाई आइतबार पनि सेवा सुचारु राख्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिदा परे पनि सेवा सुचारु राख्न मन्त्रालयहरुलाई निर्देशन दिएको हो ।
मन्त्रालयले आइतबार बिदा परे पनि सेवा सुचारु राख्न बरु सट्टा बिदा लिन निर्देशन दिएको छ ।
हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदा स्वास्थ्य सेवा प्रभावित हुने भन्दै व्यापक गुनासो आएपछि आइतबार पनि सेवा सुचारु राख्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
योसँगै आइतबार सार्वजनिक बिदा परे पनि अस्पतालहरुले कार्यभार र उपलब्ध जनशक्ति हेरेर आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ । उक्त निर्देशन देशभरका प्रादेशिक अस्पतालमा लागू हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्