Skip to content
LAXMI SUNRISE BANK

हर्क साम्पाङको सम्पत्ति ४-५ तोला सुन र २-४ लाख बैंक ब्यालेन्स !

अर्थ सरोकार

काठमाडौँ । हर्क सम्पाङले आफूसँग ४-५ तोला सुन र २-४ लाख बैंक ब्यालेन्स भएको बताएका छन् । सामाजिक सञ्जाल (फेसबुक)मा पोष्ट गर्दै साम्पाङले आफूसँग ४-५ तोला सुन र २-४ लाख बैंक ब्यालेन्स भएको बताएका हुन् ।

‘मेरो नाममा केही छैन ! ४-५ तोला सुन वैदेशिक रोजगारीबाट जोडेको होला !’, उनले लेखेका छन्, ‘बैंक ब्यालेन्स २-४ लाख होला ! म सार्वजनिक गर्नेछु ! केही छैन मेरो नाममा ।’

त्यस्तै, उनले पैत्रिक सम्पत्तिका नाममा आमाको नाममा खोटाङ केपिलाशगढी-२ चाखाने गाउँमा पाखारेखा, खरबारी बाँस र उतीस घारीसहितको केही खेतबारी भएको पनि बताएका छन् ।

त्यसबाहेक गाउँमा भिरालो पाखा रहेको उल्लेख गर्दै साम्पाङले आफूसँग भएको सम्पत्तिको सम्पूर्ण विवरण सार्वजनिक गर्ने पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK