Skip to content
LAXMI SUNRISE BANK

सार्वजनिक यातायातको भाडा बढ्यो, कति बढाइयो ?

अर्थ सरोकार

काठमाडौँ । सार्वजनिक यातायातको भाडा बढेको छ । पेट्रोलियम पदार्थको मुल्य बढेसँगै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा बढाउन सहमति दिएसँगै सार्वजनिक यातायातको भाडा २२ प्रतिशतसम्मले बढेको छ ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारीहरुमा १६.७१ प्रतिशत, पहाडी क्षेत्र (मालबाहक)मा २१.६८ प्रतिशत र तराई क्षेत्र (मालबाहक)मा १५.७५ प्रतिशतले भाडा बढेको छ ।

यसो त इन्धनको मूल्य बढेसँगै यातायात व्यवसायीहरुले सार्वजनिक यातायातको भाडादर समायोजन गर्न माग गर्दै आएका थिए । अन्ततः सरकारले भाडा समायोजन गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK