Skip to content
LAXMI SUNRISE BANK

आइक्यानले आयोजना गर्यो पूर्वबजेट छलफल कार्यक्रम, के-के भयो छलफल ? (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि पूर्वबजेट छलफल कार्यक्रम आयोजना गरेको छ। आइक्यानले पूर्वबजेट छलफल कार्यक्रम वैशाख ४ गते काठमाडौंस्थित आइक्यानको केन्द्रीय कार्यालयमा आयोजना गरेको हो।

कार्यक्रममा अर्थतन्त्रका विविध आयाममा गहिरो छलफल भएको छ। आइक्यानले कर प्रणाली सुधार, लगानी वातावरण सुदृढीकरण, निजी क्षेत्रको भूमिका, राजस्व संकलनको प्रभावकारिता, सार्वजनिक खर्च व्यवस्थापन तथा वित्तीय अनुशासन जस्ता विषयमा केन्द्रित रही बहस गरेको छ।

कार्यक्रममार्फत प्राप्त सुझावहरू आगामी राष्ट्रिय बजेट निर्माण प्रक्रियामा उपयोगी आधार बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ। आइक्यानका पदाधिकारीहरूले वर्तमान समयमा नेपालको अर्थतन्त्र विभिन्न चुनौतीहरूको सामना गरिरहेको सन्दर्भमा यस्तो प्रकारको पूर्वबजेट संवाद अत्यन्त सान्दर्भिक रहेको उल्लेख गरेका छन्।

यता आर्थिक वृद्धिदरमा सुधार, रोजगारी सिर्जना, उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि र दिगो विकास लक्ष्य प्राप्तिका लागि स्पष्ट र व्यवहारिक नीति आवश्यक रहेको उनीहरूको भनाइ छ।

कार्यक्रममा चार्टर्ड एकाउन्टेन्टहरू, अर्थशास्त्रीहरू, सरकारी निकायका प्रतिनिधिहरू, निजी क्षेत्रका अगुवाहरू, बैंक तथा वित्तीय संस्थाका अधिकारीहरू तथा विभिन्न क्षेत्रका विज्ञहरूको उल्लेख्य सहभागिता थियो।  सहभागीहरूले पनि आफ्ना अनुभव, अनुसन्धान र विश्लेषणका आधारमा सुझाव प्रस्तुत गरेका थिए। हेर्नुहोस् कार्यक्रमका खास झलक:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK