काठमाडौं । पूर्वमन्त्री एवं स्वतन्त्र सांसद महाविर पुनले चार महिनासम्म मन्त्रीका रूपमा काम गर्दा शिक्षा क्षेत्रमा चरम राजनीतिकरण र विभिन्न विकृतिहरू देखेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा क्षेत्रको समस्यालाई समाधान गर्न विद्यालय, कलेज र विश्वविद्यालयमा शुद्ध शैक्षिक वातावरण बनाउन आफूले पहल गरेको बताएका हुन् ।
उनले भने, ‘चार महिनासम्म मन्त्री भए र मन्त्रीको रुपमा काम गर्दा अनेकौं समस्याहरु चरम राजनीतिककरण र विकृतिहरु देखे । ति विकृतिहरुलाई हटाएर विद्यालय, कलेज र विश्व विद्यालयहरुमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिए ।’
यसक्रममा उनले ३ वटा विधेयकका मस्यौदा तयार गरी अध्यादेशमार्फत ल्याउने र ४ वटा नियमावली लागू गर्ने प्रयास गरेको बताए । तर त्यतिबेला कामचलाउ सरकार भएकाले ती प्रयास सफल हुन नसकेको उनले बताए ।
‘माघ ६ गते उम्मेदवारी दर्ता गर्नु ४० घण्टा अघिसम्म पनि ती अध्यादेश र नियमावली ल्याउन मैले सक्दो प्रयास गरें, तर विधायन समितिबाट काम अगाडि बढेन,’ उनले भने । उनले तत्कालीन मन्त्रिपरिषद्ले ती प्रस्तावहरू अनुमोदन गरेर विधायन समितिमा पठाइसकेको भए पनि प्रक्रिया अघि नबढ्दा आफूले सोचेअनुसार सुधार गर्न नसकेको गुनासो गरे ।
उनले आफूलाई राजनीतिज्ञभन्दा समाजसेवीका रूपमा प्रस्तुत गरेका छन्। उनले भने, ‘म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष-विपक्षभन्दा माथि उठेर निष्पक्ष हुनेछ।’
पुनले आफूले प्रतिनिधिसभा चुनाव लड्ने सोचसमेत नरहेको बताउँदै २०८२ भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ पछि युवाहरूको आग्रहमा राजनीतिमा आएको उल्लेख गरे। ‘त्यतिबेला म ताप्लेजुङका गाउँ-गाउँमा किताब बेचिरहेको थिएँ, तर जेनजी भाइबहिनीहरूले मलाई शिक्षा तथा विज्ञान मन्त्री बनाइदिए,’ उनले भने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्