काठमाडौँ । भारतको वस्तु र सेवासहितको कुल निर्यात आर्थिक वर्ष २०२५/२६ (अप्रिल २०२५ देखि मार्च २०२६ सम्म) मा ४.२२ प्रतिशतले बढेर ८६०.०९ अर्ब अमेरिकी डलर पुगेको छ । यस आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गर्दै देशका वाणिज्य सचिव राजेश अग्रवालले नयाँ दिल्लीमा पत्रकारहरूसँगको कुराकानीमा यो जानकारी दिएका हुन् ।
उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष वस्तु निर्यात ०.९३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४३७.७ अर्ब अमेरिकी डलर रहेको वस्तु निर्यात यस आर्थिक वर्ष २०२५–२६ मा बढेर ४४१.७८ अर्ब अमेरिकी डलर पुगेको छ ।
इन्जिनियरिङ सामान, पेट्रोलियम उत्पादन, अभ्रक, कोइला र अन्य खनिज पदार्थ, अन्य खाद्यान्न र हस्तकलाका सामग्रीको निर्यातमा भएको वृद्धिले मुख्य रूपमा निर्यातको तथ्याङ्कलाई माथि उकासेको अग्रवालले बताएका छन् ।
यी क्षेत्रहरूले चुनौतीपूर्ण विश्वव्यापी वातावरणमा पनि सकारात्मक प्रदर्शन गरेका छन् । तथापि, आयात निर्यातको तुलनामा अझ तिब्र गतिले बढेको छ। आर्थिक वर्ष २०२५–२६ मा करिव ९७० अर्ब अमेरिकी डलर बराबरको आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४७ प्रतिशतको वृद्धि हो । आयातमा भएको यस वृद्धिका कारण देशको समग्र व्यापार घाटा अघिल्लो वर्षको ९४.६६ अर्ब डलरबाट बढेर यस वर्ष ११९.३ अर्ब डलर पुगेको जानकारी पनि ती अधिकारीले दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्