काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रूपन्देही जिल्लाको सियारी ६, बर्दहवास्थित श्री दुर्गा देवी माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग, नाक, कान तथा घाँटी रोग, आन्तरिक रोग र दाँत तथा मुख रोग परीक्षण गरिएको थियो । लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टल, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ६ सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।
कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउन, स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्नु तथा रोकथाम गर्न रहेको थियो ।
सहभागीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरु लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टल, बुटवलका डा. सम्राट पराजुली र डा. आलोक थैव, डा. जीवन आत्रेय र डा. अनिता पुन, डा. कृष्णबहादुर श्रेष्ठ र डा. विश्व तुलाचन, डा. प्रकाश भट्टराई र डा. स्मिता दर्लामीले प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले यस्ता स्वास्थ्य शिविरहरूले समुदायको स्वास्थ्य स्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी, बुटवल क्षेत्रीय प्रमुख हेमन्त बाबु आचार्यले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताउँदै स्थानीय समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै जाने धारणा व्यक्त गरे ।
कार्यक्रमप्रति स्थानीय समुदायले सकरात्मक प्रतिक्रिया जनाउँदै बैंक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्