Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बैंकिङ सेवाका लागि सहायक कम्पनी स्थापना 

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरि उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ । उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृती प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

यस अघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक सेयर खरिद बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भईसकेको थियो । नेपाल राष्ट्र बैंकबाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्र सम्बन्धि कानुन तथा नियामकिय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमती तथा दर्ता प्रकृयाहरु पूरा गरि मर्चेण्ट बैंकिङ सेवाहरु सञ्चालनमा ल्याईने बैंकले जनाएको छ ।

हाल आकाश क्यापिटल लि.को नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंक लि.को सहायक कम्पनी भएसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’ को रुपमा सञ्चालन हुने बैंकले जनाएको छ । यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजारको विकासमा सकारात्मक योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK