काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह पदमुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसअनुसार साहलाई पदमुक्त गरेका हुन् ।
चैत १३ गते मन्त्री नियुक्त भएका साह आफ्नै श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्त गरेपछि विवादमा तानिएका थिए ।
मन्त्री पदमा रहँदा पटक-पटक विवादमा तानिएपछि पार्टी सभापति रवि लामिछानेले उनलाई पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै कारवाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । यसअघि पार्टीको केन्द्रीय अनुशासन आयोगले समेत साहलाई कारवाही गर्न सुझाव दिएको थियो ।
अनुशासन आयोगको सुझाव र पार्टी सभापतिको सिफारिसका आधारमा साहलाई पदमुक्त गरिएको छ । त्यस्तै, रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन गरेको सिफारिसका आधारमा मन्त्री मेहतालाई समेत सचेत गराइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्