काठमाडौँ । आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८३ सुरु भएको छ । २०८२ अरु वर्षहरु झैं सामान्य वितेको वर्ष पक्कै हैन्, सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।
२०८२ मा खिचिएका केहि तस्बिरहरु नेपालीजनले सम्झिनुपर्ने, बिर्सनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य अनेक सम्झनाका बारेमा चर्चा गरौँ :
२०८२ साल राजनीतिक हिसाबले त उतारचढावपूर्ण वर्ष रह्यो नै, अन्य क्षेत्रमा पनि सम्झन र बिर्सन लायक थुप्रै घटना दुर्घटना भए । जेनजी आन्दोलनले राजनीति त परिवर्तन भयो तर आर्थिक क्षेत्रमा ठूलो क्षति हुन पुग्यो । भाटभटेनी लगायत थुप्रै उद्योग व्यवसाय ध्वस्त पारिए ।

भदौ २४ को विध्वंशले सबैभन्दा बढी प्रभावित भाटभटेनी सबैभन्दा छिटो उठ्यो पनि । आगलागीमा पूर्ण क्षति भएका धेरै आउटलेट सञ्चालनमा आइसकेका छन् ।

यो वर्ष विगतका वर्षहरुमा जस्तै सडक दुर्घटनाको नियति पनि बेहोर्नुपर्यो। खासगरी धादिङ बस दुर्घटना बिर्सनलायक घटना बन्यो। चरौंदीमा भएको दुर्घटनामा ३ विदेशीसहित १९ जनाले ज्यान गुमाए ।

खेल क्षेत्रको कुरा गर्ने हो भने त्रिवि क्रिकेट रंगशाला फ्लड लाइटले सजियो र पहिलो पटक नेपालीहरुले रात्रिकालिन क्रिकेटको मजा लिन पाए । ख्यातिप्राप्त अन्तराष्ट्रिय खेलाडीहरुको आगमनले रौनक थपियो ।

ब्राजिलका प्रख्यात फुटबल खेलाडी रोबर्टो कार्लोसको आगमनले नेपालको प्रचार अन्तराष्ट्रिय स्तरसम्म हुन सहयोग पुग्यो। नेपाल सुपर लिगका लागि उनलाई नेपाल ल्याइएको थियो ।

आर्थिक क्षेत्रमा यो वर्ष उल्लेख्य रहेन । त्यसै पनि शिथिल निजी क्षेत्र जेनजी आन्दोलनले झन् थलियो । यसै वर्ष राष्ट्र बैंकको नयाँ गभर्नरमा विश्व पौडेल नियुक्त भए ।

यही वर्ष मधेश खडेरीले आक्रान्त बन्यो । धानले हरियाली हुनुपर्ने खेतहरुमा धाँजा फाटे ।


उता रसुवमा बाढीले वितण्डा मच्चाउँदा चीनसँगको नाका लामो समय बन्द हुन पुग्यो । सयौं गाडी बाढीमा बगे, पुरिए ।

मनोरञ्जन क्षेत्रको कुरा गर्ने हो भने भारतबाट आएका नोरा फतेही, सञ्जय दत्त, सोनु निगम लगायतले काठमाडौं तताए ।

उता इजरायलमा हमासको आक्रमणमा परी विपिन जोशीले ज्यान गुमाए। उनको शव नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो ।

भदौ २३ र २४ भ्रष्टाचारविरुद्द जेन-जी आन्दोलन भयो । सिंहदरवार, अदालतलगायतका संरचना जेलेर धोस्त भए ।
आन्दोलनपश्चात केपी शर्मा ओलीको सत्ता ढल्यो । देशमा पहिलो महिला प्रधानमन्त्रीका शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।

अन्तरिम सरकारले फागुन २१ गते सफलतापूर्वक चुनाव सम्पन्न गरायो । र देशले नयाँ प्रधानमन्त्री पायो । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा मन्त्रिपरिसद गठन भयो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका शिर्ष नेताहरु पक्राउ परे ।
२०८३ मा बाँकी के-के भए ? तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्