काठमाडौँ । सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पुनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनले आफूसँग करिब तीन तोला सुन र पोखरा महानगरपालिका–७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् ।
उक्त २८ रोपनी जग्गा २०५२ सालमा ४ लाखमा किनेको पुनले बताएका छन् । जग्गामा गरिएको लगानीको रकम आफू अमेरिकाबाट फर्किंदा बचेको पैसा भएको पुनले उल्लेख गरेका छन् ।
त्यस्तै, उनले सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखे पनि बिक्री नभएको बताएका छन् । उनले आफूसँग भएको तीन तोला सुन २०६० सालमा किनेको बताएका छन् । तर, प्राप्तिको स्रोतमा भने उनले श्रीमतीलाई इष्टमित्रहरुले उपहार दिएको उल्लेख गरेका छन् ।
त्यस्तै, पुनले नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ नगद रहेको जनाएका छन् । उक्त रकम आफ्ना साथीभाईहरुबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको पुनले जनाएका छन् ।
यता राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ रहेको उल्लेख गर्दै पुनले उक्त रकम निर्वाचन लड्दा सहयोगीहरुले दिएको चन्दाबाट खर्च गरेर बचेको रकम भएको बताएका छन् । त्यस्तै, उनले हालसम्म २ सय ५० हजार जति पुस्तक बेचेर प्राप्त भएको रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रको नाममा नेपाल बैंक लिमिटेडमा जम्मा गरेको पनि उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्