Skip to content
LAXMI SUNRISE BANK

बीमा प्राधिकरणबाट कैफियत लेखेर प्रश्न उठाइएका मेघेन्द्र गिरीले भीआरएस लिएर छोडे सूर्यज्योति लाइफ इन्स्योरेन्स !

अर्थ सरोकार

काठमाडौँ । बीमा प्राधिकरणले प्रश्न उठाएर कैफियत लेखिदिएको केहि समयपछि कम्पनीका ब्राण्डिङ विभाग प्रमुख मेघेन्द्र प्रसाद गिरीले सूर्यज्योति लाइफ इन्स्योरेन्सको जागिर छाडेका छन् । उनले सामाजिक संजालमा स्ट्याटस लेख्दै आफुले कम्पनीको जागिरबाट बिदा भएको पुष्टी गरेका हुन् ।

‘मेरो सूर्यज्योति लाइफसँगको यात्रा यहि महिनाबाट टुङ्ग्याएको जानकारी गराउन चाहान्छु।’ गिरीले फेसबुकमा लेखेका छन्, ‘यो केहि कठिन केहि हौसलापूर्ण यात्रामा मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र विश्वास दिनुहुने आदरणीय मिडियाकर्मीहरु, मेरा साथीहरु, विभिन्न संघसस्थाहरु लगाएत सम्पूर्णमा म कृतज्ञ रही हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु। यहाँबाट पाएको अनुभव र मिठा सम्बन्धहरू नै मेरो लागि अत्यन्त मूल्यवान रहनेछन् ।’

सूर्यज्योति लाइफ इन्स्योरेन्समा गिरीबारे ‘कैफियत’ लेखेर बीमा प्राधिकरणले प्रश्न उठाएको थियो । तर, अन्तत: कम्पनीले भीआरएस स्किम ल्याएपछि उनले जागिर छाडेका हुन् ।

पछिल्लो समय कम्पनीका उच्च अधिकारीहरु उनको कामप्रति असन्तुष्ट थिए ।

यद्यपी उनले आफुले जागिर प्राधिकरणले नियुक्तिमा प्रश्न उठाएकै कारण नछाडेको दाबी गरेका छन् । ‘बीमा प्राधिकरणले जेडी अपलोड नगरेको भनेर कैफियत लेखेको हो, अरु ठुलो कुरा केहि थिएन । मेरोबारेमा मात्र होइन, अरुको बारेमा पनि प्राधिकरणले यस्तो कैफियत लेखेको थियो । म जतिको पढेको मान्छेको क्वालिफिकेसन नपुगेको भन्ने हुनै सक्दैन । अहिले भीआरएस स्किम आयो, अनि जागिर छोडेको हुँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।

गिरीसँग ब्राण्डीङ र मार्केटिङमा काम गरेको लामो अनुभव छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स अगाडी उनी नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत थिए । नेपाल लाइफ इन्स्योरेन्सबाट पवन खड्काले जागिर छाडेपछि उनी खड्का सँगै अर्को कम्पनीकमा जागिर खान गएका थिए । सो कम्पनी मर्जरमा गई सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो ।
नेपाल लाइफ अगाडी उनी एनआईसी एशिया बैंकमा काम गर्थे । एनआईसी एशिया बैंकमा उनले गरेका कतिपय सम्झौतालाई पछि बैंकले ‘डिस अलाउ’ गरेको थियो ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK