काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो मााइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । सो सम्बन्धी समझदारी पत्रमा सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्ताक्षर भएको हो ।
६४ जिल्ला कार्यक्षेत्र रहेको उक्त लघुवित्तमा करिब पाँच सय कर्मचारी कार्यरत रहेका छन् । कोषको सो योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् ।
सोही व्यवस्था अनुसार उक्त लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आबद्ध भएको हो । यसअघि पनि कोषसँग विभिन्न लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भइसकेका छन् ।
कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत भएपछि भुक्तानी गर्ने गरिएको छ । यस योजनामा योगदानमा आधारित र गैर योगदनामा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्