काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इन्टर्न’लाई समेत न्यूनतम पारिश्रमिक दिन निर्देशन दिएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
‘इन्टर्न श्रमिक’को रुपमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सिङ स्टाफ, शिक्षक, कर्मचारीहरुले तोकिएको न्यूनतम पारिश्रमिक नपाएको भन्दै उजुरी र गुनासो बढेपछि सम्बन्धित संस्थाहरुलाई ‘इन्टर्न’लाई पनि न्यूनतम पारिश्रमिक दिन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
यसका बाबजुत पनि ‘इन्टर्न’लाई श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) अनुसार तोकिएको न्यूनतम पारिश्रमिक नदिए कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।
त्यस्तै, मन्त्रालयले तालिमी श्रमिकलाई पनि न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष, बीमा लगायतका सामाजिक सुरक्षामा कुनै कमी नहुनेगरी सुविधा दिन पनि निर्देशन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्