काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालसँग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा विस्तृत छलफल गरेको छ । सो भेटघाट तथा छलफलमा अध्यक्ष उप्रेतीले शीथिल अवस्थामा रहेको नेपालको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन आवश्यक पर्ने केही नीति नियमहरुमा परिवर्तन आवश्यक रहेको र यसो भएमा सरकारले प्राप्त गर्ने राजश्व र रोजगारीमा पनि वृद्धि हुने धारणा राखेका थिए ।
त्यस्तै, अध्यक्ष उप्रेतीले कतिपय अटोमोवाइल वस्तुहरु नेपालमै उत्पादन भईरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसँग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताए ।
अटोमोवाइल प्रतिनिधिहरुसँगको सो छलफलको क्रममा राजश्व सचिव भूपाल बरालले नाडाबाट प्राप्त सुझावहरु कार्यान्वयन योग्य रहेको र यी समस्याहरुको विषयमा आफु जानकार समेत रहेको बताएका थिए ।
यसैक्रममा अध्यक्ष उप्रेतीले सि.के.डी. उद्योगले रोजगारी समेत सिर्जना गर्ने भएकोले यसको स्थायित्वका लागि कम्पोनेण्ट उद्योगहरुको आवश्यकता रहेको र त्यस्ता उद्योग खोल्न सरकारले प्रोत्साहन गर्नु पर्ने, त्यस्ता उद्योगहरुका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु आयात गर्दा छुटको व्यवस्था हुनु पर्ने भन्दै यसले देशको रोजगारीमा वृद्धि ल्याउने र राजश्व मार्फत राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताएका थिए ।
सो छलफलमा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले लोन टु भ्याल्यु अनुपात बढाउन अत्यन्त जरुरी रहेको भन्दै यो रेसियोलाई बढाउन सके सवारी साधनहरुको विक्री पनि बढने सन्दर्भमा यसबाट रोजगारी मात्र बढने नभई सरकारको राजश्व प्राप्तिमा समेत बृद्धि हुने भएकोले यसबाट समग्र अटोमोवाइल व्यवसायको इको सिष्टम बढने हुँदा हाल कायम रहेको लोन टु भ्यालु रेसियोलाई पूर्नमूल्याङ्कनका लागि आग्रह समेत गरे ।
यसैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल उद्योग विस्तार भएमा राजश्व र रोजगारीमा बृद्धि हुने भन्दै सरकारले अझैसम्म पनि सवारी साधनहरुलाई विलाशीताको वस्तुमा राखि वर्गीकरण गर्दै आएको गुनासो गरेका थिए । यसै सिलसिलामा नाडाका सल्लाहकार श्रेष्ठले भारतमा जि.यस.टि घटेकोले चोरी निकासी बढेको भन्दै सीमा क्षेत्रमा कडाई गर्नु पर्ने धारणा राखेका थिए । यसैक्रममा श्रेष्ठले महशुलमा समायोजन गर्नु पर्ने समय आएको भन्दै सरकारले अटोमोवाइल उद्योगलाई उच्च प्राथमिकतामा राख्न आग्रह समेत गरे ।
सोही छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले नेपालमा आयात हुने विद्युतिय सवारी साधनहरुको पिक पावरको मापनका सम्बन्धमा केही प्रश्नहरु उठेको सन्दर्भमा नाडा सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र सचिव मेघराज पौडेल समेतकोे उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्