Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ बढ्यो नेपाल बैंकको नाफा, कस्तो छ वित्तीय अवस्था ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंकको खुद नाफा ‘टुच्च’ बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ०.३४ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ३४ पैसा छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ७९ पैसा छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको निष्क्रिय कर्जा घटेको छ । बैंकको निष्क्रिय कर्जा ४.९६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निष्क्रिय कर्जा ५.४५ प्रतिशत थियो ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा २५ अर्ब ३९ करोड १ लाख रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK