Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २६.१६ अंकले घट्यो नेप्से परिसूचक, बजार २७७०.२६ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार पाल्पा सिमेन्टको भएको छ । यस कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा हिमालयन बैंक लिमिटेड बन्ड २०८६ का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK