काठमाडौँ । नेपाली काँग्रेसले इन्धनको मूल्यवृद्धि, खाद्यान्नको अभाव, बजार मूल्य वृद्धि लगायतका समस्या समाधानका लागि तत्काल आवश्यक योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद प्रकाशसिंह कार्कीले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उनले भूरणनीतिक अवस्थालाई मध्यनजर गर्दै सरकारले ती समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन खालको योजना बनाएर काम गर्न ढिलाई गर्न नहुने बताएका छन् । सांसद कार्कीले नेपाल बाह्य मुलुकको चलखेल गर्ने अखडा बन्ने खतरा रहेकाले सरकारले त्यस सम्बन्धमा विचार गरेर अघि बढ्न आवश्यक रहेको समेत बताएका छन् ।
‘इन्धनको मूल्य वृद्धि, खाद्यान्नको अभाव, बजार मूल्य वृद्धि नियन्त्रणको लागि आवश्यक योजना बनाउनु आजको प्राथमिकता हो ।’, उनले भने, ‘यसमा सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’
त्यस्तै, सांसद कार्कीले मुलुकमा विद्यमान समस्या समाधानका लागि सरकारले गम्भिरतापूर्वक काम गर्न आवश्यक रहेको पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्