काठमाडौँ । नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा सरकारको तिर्न बाँकी ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड ४६ लाख पुगेको हो ।
जसमध्ये आन्तरिक ऋण हिस्सा १३ खर्ब ८८ अर्ब ११ करोड र वाह्य ऋण १५ खर्ब ४५ अर्ब ६७ करोड रुपैयाँ बराबर छ । सरकारले पछिल्लो ९ महिना अर्थात् साउनदेखि चैतसम्मको अवधिमा मात्रै ३ खर्ब ४८ अर्ब १५ करोड बराबर ऋण लिएको छ ।
नेपालको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋण हिस्सा ५२.६९ प्रतिशत र आन्तरिक ऋण हिस्सा ४७.३१ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ ।
योसँगै प्रत्यक नेपालीको भागमा १ लाख ५ सय ९४ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ । यो तथ्यांक कुल सार्वजनिक ऋणलाई नेपालको जनसंख्याले भाग गरेर निकालिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्