Skip to content
LAXMI SUNRISE BANK

बुधबार २.९५ अंकले घट्यो नेप्से परिसूचक, बजार २८०४.१७ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ८१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा पाल्पा सिमेन्ट इण्डस्ट्रिका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, होटल फरेस्ट इनका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK