Skip to content
LAXMI SUNRISE BANK

नयाँ वर्षलाई नेप्सेको ग्रिन सिग्नल, नेप्से परिसूचक ३३.२७ अंकले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४४ कम्पनीको २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको ५८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा रिज लाइन इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, रिलायन्स स्पिनिङ्ग मिल्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK