Skip to content
LAXMI SUNRISE BANK

झिनो अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ८१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको ३५ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK