Skip to content
LAXMI SUNRISE BANK

१३.१७ अंकले घट्यो नेप्से, ५ अर्ब ४३ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार होटेल फरेस्ट इन लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, दोल्ती पावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK