काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२ वटा शाखा कार्यालयहरू समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार बिहीबारदेखि विभिन्न स्थानमा रहेका शाखाहरू एकआपसमा गाभिएर सेवा दिनेछन् ।
बैंकका अनुसार समायोजनपछि तोकिएका शाखा कार्यालयहरूबाटनै सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनेछ । यस प्रक्रियाबाट ग्राहकहरूमा पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै सेवा अझ प्रभावकारी बनाउने उद्देश्य रहेको जनाएको छ ।
सूचनाअनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौं, ललितपुर र चितवनका धेरै शाखाहरू समायोजनमा परेका छन् । काठमाडौंका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार, बोहोराटार, माछापोखरी, ढंगेधारा नर्सरी चोक, न्युरोड खिचापोखरी, बालुवाटार, नरेफाँट लगायतका शाखाहरू गाभिएर क्रमशः कमलादी, बालाजु, न्युरोड विशालबजार, बौद्ध, कोटेश्वर, लाजिम्पाट, नयाँ बानेश्वर, कलंकी, सुकेधारा, सामाखुसी, ठमेल, त्रिपुरेश्वर र बत्तिसपुतली शाखाबाट सेवा दिइनेछ ।
त्यस्तै ललितपुरका लगनखेल, मंगलबजार, सातदोबाटो, खुमलटार र खोकना शाखाहरू गाभिएर जावलाखेल, पुल्चोक, सातदोबाटो र भैंसेपाटीबाट सेवा सञ्चालन हुनेछ भने चितवनको बर्सेनी शाखा हाकिमचोक शाखामा समायोजन गरिएको छ ।
गण्डकी प्रदेशअन्तर्गत कास्कीका पावरहाउस चोक, बुद्धिबजार, महेन्द्रपुल–पोखरा, बगर र बिरौटा शाखाहरू क्रमशः लेखनाथ, अमरसिंह चोक, न्युरोड पोखरा र लेकसाइड–पोखरामा समायोजन गरिएका छन् ।
कोशी प्रदेशको मोरङ जिल्लामा विराटनगर मेनरोड, हाटखोला तथा रानी मिल्स एरियाका शाखाहरू गाभिएर विराटनगर र रोडशेष चोक शाखाबाट सेवा प्रवाह गरिनेछ भने मधेस प्रदेशको पर्सामा लिंक रोड र पावरहाउस चोक शाखा वीरगञ्ज शाखामा समायोजन गरिएको छ ।
बैंकले ग्राहकहरूलाई समायोजनपछि सम्बन्धित शाखाबाट सेवा लिन अनुरोध गरेको छ । साथै, थप जानकारीका लागि बैंकको ग्राहक सेवा नम्बर ०१–५९७०१०१ वा इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्