काठमाडौँ । एनआईसी एशिया बैंकको खुद नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १०.४९ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले कुल १४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.७८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ८.५३ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.४५ प्रतिशत र सञ्चालन मुनाफा ४७.८६ प्रतिशतले घटेको छ ।
त्यस्तै, यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५ करोड रुपैयाँबाट घटेर २ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ । इम्पेयरमेन्ट चार्ज घटे पनि समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।
बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस १६ पैसा घटेर १ रुपैयाँ २५ पैसामा झरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा पनि १३ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक छ । त्यस्तै, यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा छ भने मूल्य आम्दानी अनुपात २९२.०४ गुणा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्