काठमाडौँ । अध्यागमन विभागले गैरकानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । भिजिट भिसामा युएई जान लागेका यात्रुको पासपोर्टमा ‘काम गर्न प्रतिबन्ध’ भनेर लेख्ने दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको हो ।
सोमबार एक विज्ञप्ति जारी गर्दै विभागका प्रवक्ता एवं निर्देशक टिकाराम ढकालले नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले त्यसविपरीत काम गर्ने दुई जनालाई जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको बताएका हुन् ।
निजहरूले प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गरेकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित कार्यालयको जिम्मेवारीबाट हटाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै काम गर्न नपाउने भनी लेखिदिएको भन्दै विरोध भएको थियो । सोही विषयमा छानबिनका लागि यही वैशाख ३ गतेको निर्णयबाट छानबिन समिति गठन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्