Skip to content
LAXMI SUNRISE BANK

‘ओली र लेखकजीले जेन-जी आन्दोलनमा भएको गल्ती स्विकार गर्न सक्नुपर्छ’

अर्थ सरोकार

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सक्नुपर्ने बताउका छन् । संसद् परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पुनले यस्तो बताएका हुन् । 

उनले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकले गोली हान्ने आदेश नदिएको भए पनि सरकारको प्रमुख व्यक्ति भएकाले गल्ती गरिएछ भन्ने स्वीकारेर माफी माग्न हिच्किच्याउन नहुने बताएका छन् ।

‘उनीहरुले गोली चलाउने आदेश दिएनन् रे । तर प्रमुख त उनीहरु थिए नि त । अनि थाहा पाइएन भनेर सुख पाइन्छ ?’, पुनले भने, ‘क्षमा मागेर को मान्छे घट्छ ? घट्दैन नि ! गल्ती भएको कुरालाई आफू जिम्मेवार व्यक्ति भएपछि गल्ती स्वीकार नगर्ने हो भने किन मुख्य व्यक्ति हुने ?’

त्यस्तै, फरक प्रसङ्गमा सांसद पुनले संसदमा सांसदहरुले राखेका माग सरकारले सम्बोधन गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK