काठमाडौँ । एमालेले प्रचार सामाग्रीबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएको छ । विगतमा हरेक प्रचार सामाग्रीको ओलीको फोटो राख्ने गरिए पनि पछिल्लो समय एमालेले प्रचार सामाग्रीमा ओली फोटो राख्न छोडेको हो ।
एमालेले बैशाख ९ गते (बुधबार) पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस मनाउँदै छ ।
तर, स्थापना दिवसको अवसरमा मनाउन लागेको विशेष कार्यक्रमको प्रचार सामाग्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको फोटो राखिएका छैनन् । पार्टी महासचिव शंकर पोखरेल स्वयम्ले सार्वजनिक गरेको प्रचार सामाग्रीमा पनि ओली फोटो राखिएको छैन ।

यसो त एमालेले यसअघि पार्टीको कार्यक्रममा प्रयोग हुने प्रचार सामाग्रीमा पार्टी अध्यक्षबाहेक कसैको पनि फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो । तर, हाल भने एमालेले पार्टीको कार्यक्रमका प्रचार सामाग्रीमा ओलीको फोटो प्रयोग गर्नै छोडेको छ ।
उक्त प्रचार सामाग्रीमा मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीको तस्विर राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्