Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा ३ बजेपछि पनि ‘अर्डर’ हाल्न पाइँदै, नेप्सेको सिष्टम तयार, व्यवस्था कार्यान्वयमा ल्याउँदै बोर्ड !

अर्थ सरोकार

काठमाडौँ । अबदेखि कारोबार समयबाहेक अन्य समयमा पनि ‘अर्डर’ हाल्न पाइने व्यवस्था गरिने भएको छ । सेयर बजार खुल्ने समय (११ देखि ३ बजेसम्म) मा कारोबार गर्न नपाउनेहरुको सहजतालाई ध्यानमा राख्दै नेपाल धितोपत्र बोर्डले यस्तो व्यवस्था गर्न लागेको हो । 

खासगरी विदेशमा रहेका नेपाली र कार्यालय समयमा सेयर कारोबार गर्न नपाउने कर्मचारीहरुले दोस्रो बजारमा कारोबार गर्न नपाएको भन्दै गुनासो गर्ने गरेका थिए ।

यही गुनासो सुनुवाइ गर्न सेयर बजारको नियमित कारोबार समयभन्दा अघिपछि पनि सेयर खरिद/बिक्री आदेश गर्न पाइने व्यवस्था गर्न लागिएको धितोपत्र बोर्डका एक उच्च अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार यो व्यवस्था लागू भएसँगै दिउँसो ३ बजे बजार बन्द भएपछि पनि खरिद/बिक्री आदेश गर्न पाइनेछ । आदेश दिनेले सोही दिनको अन्तिम मूल्यका आधारमा तोकिए अनुसार मूल्य घटाई वा बढाई खरिद/बिक्री आदेश दिन सक्नेछन् ।

बोर्डका अधिकारीका अनुसार खरिद/बिक्री आदेश दिँदा कम्पनीहरुको सेयर मूल्यको हकमा अन्तिम मूल्यमा २ प्रतिशत बढी वा कम गरेर मूल्य तोक्न सकिने व्यवस्था गरिनेछ । यता नेप्सेले समेत सोही अनुसार कारोबार प्रणाली तयार गरिसकेको नेप्सेका अधिकारीकाले बताएका छन् । यो व्यवस्थाले विदेशमा रहेका नेपाली र कार्यालय समयमा कारोबार गर्न नपाउनेहरुलाई सहज हुने विश्वास गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK