Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकका ग्राहकलाई फिस टेल लज र अन्नपूर्ण जगतपुर लजमा विशेष छुट

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंकका ग्राहकलाई फिस टेल लज र अन्नपूर्ण जगतपुर लजमा विशेष छुट हुने भएको छ । लेकसाइड पोखरा स्थित फिस टेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज प्रा.लि र प्रभु बैँक लिमिटेडबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

चैत २५ गते प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेकसाइड पोखरा स्थित फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लज प्रा.लि का तर्फबाट बिक्री तथा मार्केटीङ क्लस्टर निर्देशक सनीस महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

लेकसाइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि मा प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएवापत विशेष छुट पाउने छन् ।

सम्झौता अनुसार प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले लजका सेवा तथा सुविधा लिए वापत छुट पाउनका लागि बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ । लेकसाइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि मार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK