काठमाडौँ । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । इन्धनको मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो ।
विभागले बुधबारदेखि लागू हुनेगरी अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाइएको जनाएको छ ।
विभागका अनुसार अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको जनाएको छ ।
यसो त यसअघि चैत २५ गते सार्वजनिक यातायातको भाडा वृद्धि गरिएको थियो । भाडा वृद्धिपछि फेरि इन्धनको मूल्य बढेको भन्दै सार्वजनिक यातायातको भाडा पनि वृद्धि गरिएको छ । यद्यपि बढेको भाडा विद्युतीय गाडीको हकमा लागू नहुने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्