काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा भर्ना खोलेको छ । प्रहरीले प्राविधिकतर्फ प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा ४ सय भन्दा बढी संख्यामा भर्ना खुलाएको हो ।
भर्ना खुलाइएको सूचना सार्वजनिक गर्दै नेपाल प्रहरीले इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा भर्ना खुलाइएको जनाएको छ ।
त्यस्तै, प्रहरीले विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलाएको छ ।
यता प्रहरी जवानमा २ सय ८० र अन्य पदहरुमा १ सय २९ जना माग गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकका लागि चैत २५ गतेदेखि बैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने प्राविधिक प्रहरी जवानका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाएको छ ।
यस्तो छ सूचना:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्