काठमाडौँ । काभ्रेको संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले गोपाल-कमला राजभण्डारी रोटरी अवार्ड-२०२६ प्राप्त गरेको छ । शुक्रबारदेखि पोखरामा सुरु भएको १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको अवसरमा २० लाख राशिको उक्त अवार्ड प्रदान गरिएको हो ।
पोखराको इभेन्ट सेन्टरमा आयोजित कन्फरेन्समा डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला, भोकेसनल अवार्ड कमिटीका अध्यक्ष एवं पास्ट डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, दीपकराज भण्डारी लगायतले उक्त सेन्टरका सञ्चालक श्रीकृष्ण धिताल र रुपा प्याकुरेललाई नगद २० लाखसहित अवार्ड हस्तान्तरण गरेका थिए ।
काभ्रेको नमोबुद्ध नगरपालिका-१, फूलबारीस्थित उक्त फार्म २०७४ सालदेखि सञ्चालनमा आएको हो । ३७ वर्षीय श्रीकृष्ण धिताल र उनकी पत्नी रुपा प्याकुरेलले सञ्चालन गरेको उक्त फार्म खानेपानी, सरसफाइका अलावा खाद्य सुरक्षासमेतका विषयमा काम गर्दै आएको छ ।
यति ठूलो राशिको अवार्ड पाएपछि खुसी व्यक्त गर्दै सेन्टरका निर्देशक धितालले अवार्डवापतको रकम पनि सेन्टर सञ्चालनमै लगाउने बताएका छन् । नवीनतम् प्रविधिको पाइलिङ गर्ने र क्रमशः गाउँगाउँमा प्रवर्द्धन गर्ने उनको भनाइ छ ।
उनका अनुसार सो सेन्टरले खाद्य सुरक्षामा काम गर्नुका साथै नर्सरी सञ्चालन एवं तालिमसमेत दिने गरेको छ । साथै, खाद्यसुरक्षा र पर्यावणीय क्रियाकलापबारे वातावरणमैत्री र नवीनतम प्रविधि, नवीनतम् खालको प्रविधि, नवीकरण ऊर्जा, खानेपानी तथा सरसफाइमा क्रियाशील रहँदै आएको छ । हाल यहाँ करिब १० जना कर्मचारी कार्यरत् छन् ।
मेकानिकल इन्जिनियरिङ पृष्ठभूमि रहेका श्रीकृष्ण हाल काठमाडौं विश्वविद्यालयमा कृषि विषय अध्यापनसमेत गर्दै आएका छन् । गाउँ फर्किएर आफ्नै घरमा उद्यम गरेका उनी यतिबेला सबेको प्रेरणाको स्रोत बनेका छन् ।
उक्त अवार्ड रोटरीले पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति, संस्था वा समूहलाई प्रदान गर्दै आएको छ । यसअघि १० लाख राशि रहेको सो पुरस्कार २०२४ देखि वृद्धि गरी २० लाख पुर्याइएको थियो ।
हरेक वर्ष प्रदान गरिने यो पुरस्कारको मुख्य उद्देश्य रोटरी आचारसंहिताको वास्तविक मर्मअनुसार निःस्वार्थ र समर्पित भावनासाथ आफ्नो पेसागत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने कुनै व्यक्ति, व्यक्तिहरूको समूह वा संस्थालाई सम्मान गर्नु हो ।
यसैबीच डा. सुनिती गोपाल आचार्य रोटरी अवार्डबाट रोटरी क्लब अफ दरबार स्वायरका डा. प्रज्ञा कर्माचार्य राजभण्डारी र स्वास्थ्य क्षेत्रमा कार्यरत डा. मिलन महर्जन सम्मानित भएका थिए । उनीहरुलाई जनही एक एक लाख राशिसहित डिष्ट्रिक्ट गभर्नर विनोद कोइराला र पूर्व गभर्नर जयाराज्यलक्ष्मी शाहले सम्मान गरे । यसै गरी डा. योगेन्द्र तुलाचन रोटर्याक्ट अवार्ड रोट¥याक्ट क्लब अफ काठमाडौं मिडटाउनले प्राप्त गरेको छ। क्लब अध्यक्ष स्वस्तीका पराजुलीले अवार्ड ग्रहण गरिन् ।
संसारको सबैभन्दा पुरानो सेवामूलक संस्था रोटरी इन्टरनेसनल सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको हो । यसका प्रमुख संस्थापक पाउल हेरिस् हुन् । विश्वभर करिब २ सय देशमा सञ्जाल रहेको रोटरीका १२ लाखभन्दा बढी सदस्य छन् ।
रोटरी डिष्ट्रिक्ट ३२९२ को १८ औँ डिष्ट्रिक्ट कन्फरेन्स शुक्रबारदेखि पर्यटकीय राजधानी पोखरामा सुरु भएको छ । तीनदिने सम्मेलनमा नेपाल र भुटानका गरी १५ सय रोटरियनले भाग लिएका छन् ।
डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले आफू पोखराबाटै प्रतिनिधित्व गर्दै गभर्नर भएकाले पनि गृहनगरीमा ऐतिहासिक सम्मेलन गर्न पाउनु सुखद पक्ष भएको बताए। सम्मेलनको प्रमुख अतिथि रोटरी इन्टरनेशनल प्रेसिडेन्ट प्रतिनिधि राजा गोविन्दासामी छन् ।
दोस्रो दिन रोटरीका विभिन्न कमिटीमार्फत संचालित कार्यक्रमबारे छुट्टाछुट्टै समूहमा छलफल हुुनेछ भने अन्तिम दिन रोटा क्वीज एवं आगामी २०२८/२९ का लागि डिष्ट्रिक्ट गभर्नर निर्वाचन हुनेछ । तीन दिन नै प्यानल डिस्कसनका कार्यक्रम पनि हुनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्