काठमाडौँ । अर्कैको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर माध्यामिक शिक्षा (एसइई) परीक्षा दिन गएका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय बिराज विक रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका-१० स्थित सोलिड्यारेटी माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा विकलाई पक्राउ गरिएको हो ।
सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौँडा-४ बस्दै आएका विक हेटौँडा-१२ पदमपोखरीका १९ वर्षीय अंकिश श्रेष्ठको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिन गएका थिए । सो सूचना पाएपछि विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अंकिश श्रेष्ठलाईसमेत पक्राउ गरिएको छ । दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्