Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकको खुद नाफा २०.७८ प्रतिशतले बढ्यो, ईपीएस कति छ ?

अर्थ सरोकार

काठमाडौँ । सिद्धार्थ बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २०.७८ प्रतिशतले बढेको हो । विवरण अनुसार तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.०४ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १७.४५ प्रतिशतले बढेको छ । यता बैंकको कुल सञ्चालन आम्दानी ८.२५ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३.४५ प्रतिशतले बढेको छ । 

बैंकको इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा सिमित भएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेपनि र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ छ । नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस २ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ६२ पैसा पुगेको छ । बैंको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात २२.२५ गुणा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK