काठमाडौँ । ‘मार्जिन ट्रेडिङ फ्यासिलिटी डाइरेक्टिभ २०८२’ सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्किल एकेडेमीको आयोजनामा धितोपत्र बोर्डद्वारा जारी गरिएको ‘मार्जिन ट्रेडिङ फ्यासिलिटी डाइरेक्टिभ २०८२’ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौँको मल्ल होटलमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा एक सय ४० भन्दा बढी सहभागी थिए ।
कार्यक्रमका सहभागीमध्ये अधिकांश ब्रोकर हाउसका प्रतिनिधि रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा धितोपत्र बोर्डका निर्देशक अनुज कुमार रिमालले ‘मार्जिन ट्रेडिङ’ सम्बन्धी नीतिगत पक्ष र प्रभावबारे प्रशिक्षण दिएका थिए ।
त्यस्तै, सिए असिम भट्टले ‘मार्जिन ट्रेडिङ’का व्यवहारिक कार्यान्वयन, चुनौती र ब्रोकरहरुले अपनाउनुपर्ने रणनीतिबारे प्रस्तुती दिएका थिए ।
कार्यक्रममा ‘मार्जिन ट्रेडिङ’को अवधारणा, निर्देशनका मुख्य प्रावधान, जोखिम व्यवस्थापन तथा बजारमा त्यसको असरहरुको बारेमा सहभागीहरुबीच छलफलसमेत भएको आयोजकले जनाएको छ ।
नेपाल स्किल एकेडेमी दुई जना चार्टर्ड एकाउन्टेन्टद्वारा स्थापना गरिएको संस्था हो । संस्थाको सञ्चालकमा सन्जिता नेपाल र अशोक न्यौपाने छन् भने हाल दुवै जना ‘प्र्याक्टिस’मा आबद्ध छन् ।
संस्थाका सञ्चाकहरुले अनुसार आगामी दिनमा पनि कर, कानून, बैंकिङ, पूँजी बजार र समसामयिक विषयवस्तुमा पनि यस्ता व्यवसायिक तथा कर्पोरेट प्रशिक्षण कार्यक्रम निरन्तर सञ्चालन गरिने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्