Skip to content
LAXMI SUNRISE BANK

छानबिन समितिले निर्दोष ठहर गरे सुदन गुरुङ नै फेरि गृहमन्त्री बन्ने, त्यतिबेलासम्म नयाँ गृहमन्त्री नियुक्त नहुने !

अर्थ सरोकार

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएका छन् । विवादित व्यक्तिसँग साँठगाँठ रहेको भन्दै चौतर्फी आलोचना भएपछि बुधबार गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् ।

गुरुङको राजीनामापछि प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफैँसँग राख्ने भएका छन् ।

गृह मन्त्रीमा अर्को व्यक्ति नियुक्त नगर्ने मनसायमा प्रधानमन्त्री रहेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ । अर्थात, तत्कालका लागि बालेन्द्र शाह (बालेन)ले गृह मन्त्रालय आफैँसँग राख्ने भएका छन् ।

त्यस्तै, सुदन गुरुङका विषयमा उठेका विषयबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने तयारी गरिएको छ । उक्त समितिले छानबिन नसक्दासम्म गृह मन्त्रालय प्रधानमन्त्रीले आफैँसँग राख्नेछन् । यदि दोषी नदेखिएको खण्डमा गुरुङलाई नै पुनः गृह मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK