Skip to content
LAXMI SUNRISE BANK

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

अर्थ सरोकार

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले यस्तो आदेश दिएको हो ।

गोल्छा पक्राउ परेपछि उनी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गराएकी थिइन् । उनले उक्त रिटमा गोल्छालाई गैरकानूनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै थुनामुक्त गर्न माग गरेकी थिइन् । 

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गोल्छालाई म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत अदालतमा उपस्थित गराउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ ।

अदालतले गोल्छालाई पक्राउ गर्नु र थुनामा राख्नुको लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ । धितोपत्र सम्बन्धी कसुरमा पक्राउ परेका गोल्छालाई जिल्ला अदालत काठमाडौँले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK