काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै नेपालको टाटा मोर्टसका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिंगले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभि’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभि घर लैजान सक्नेछन् ।
यो विशेष क्याम्पेन अप्रिल १७, १८, १९ र २० २०२६ मा देशभर सञ्चालन हुने जनाईएको छ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो इभि खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभि आफ्नो बनाउन सक्नेछन् । योजना अन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज, र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् । त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत रहेको छ ।
साथै एकजना भाग्यशाली ग्राहकले लक्कि ड्र मार्फत आइफोन – १७ प्रो म्यास जित्ने सक्ने मौका पनि रहेको कम्पनीले जनाएको छ ।
सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोर्टसका आधिकारिक शोरुमहरूमा पुगेर अप्रिल १७, १८, १९ र २० २०२६ का दिन उक्त अफरको लाभ लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्