काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन दिनसम्म मध्यपूर्वी देशमा विशेष उडान सञ्चालन गर्ने भएको छ । मध्यपूर्वमा जारी द्वन्दका कारण समस्यामा परेका नेपालीहरुको उद्दारका लागि नेपाल एयरलाइन्सले विशेष उडान गर्न लागेको हो ।
एयरलाइन्सले आज (अप्रिल-३) काठमाडौँ-दुबई, अप्रिल-४ मा दुबई-काठमाडौँ र अप्रिल-५ मा काठमाडौँ-दमाम र दमाम-काठमाडौँ उडान गर्ने भएको छ ।
सरकारका अनुसार यी क्षेत्रमा रहेका नेपाली, स्वदेश फर्किन तथा गन्तव्य मुुलुकमा जान नपाएकाहरुलाई गन्तव्यमा पुर्याउनका लागि विशेष उडान सञ्चालन गर्न लागिएको हो ।
परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनमा तीन दिनसम्म विशेष उडान गर्न लागिएको नेपाल एयरलाइन्सका एक अधिकारीले बताएका छन् । द्वन्दका कारण मध्यपूर्वका देशमा नियमित उडानहरु २८ फेब्रुअरीदेखि स्थगित रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्