Skip to content
LAXMI SUNRISE BANK

अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो, कति पुग्यो ?

अर्थ सरोकार

काठमाडौँ । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ मूल्य सार्वजनिक गर्दै सबै प्रकारका अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ वृद्धि भएको जनाएको हो ।

संघका अनुसार अब ‘एक्स एल’ अण्डाको मूल्य प्रतिक्रेट ४ सय ७५ रुपैयाँ पुगेको छ । यसअघि ‘एक्स एल’ अण्डाको मूल्य ४ सय ६० रुपैयाँ थियो । त्यस्तै, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४ सय ५० रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४ सय ३५ रुपैयाँ थियो ।

यता प्रतिक्रेट ३ सय ८५ रुपैयाँ पर्ने मिडियम अण्डाको मूल्य पनि बढेर ४ सय रुपैयाँ पुगेको छ । बढेको अण्डाको मूल्य चैत २२ गते (आइतबार) देखि लागू हुने लेयर्स कुखुरा संघले जनाएको छ । 

त्यस्तै, संघले देशभरका किसान तथा व्यवसायीलाई सोही मूल्य अनुसार बिक्री-वितरण गर्न अनुरोध गरेको छ । साथै, चितवनबाट अन्य जिल्लामा अण्डा ढुवानी गर्दा ढुवानी भाडा, कार्टुन तथा क्रेट खर्चबापत थप १४५ रुपैयाँ लाग्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

अण्डाको मूल्य वृद्धि हुनुमा ढुवानी तथा प्याकेजिङ सामग्री महँगो हुनु प्रमुख कारण रहेको संघले जनाएको छ । यद्यपि, सामान्यतया गर्मी मौसममा उत्पादन घट्ने भएकाले पनि अण्डाको मूल्य बढ्ने प्रवृत्ति रहने गरेको छ । संघका सचिव मदन पोखरेलले बजार स्थिरता कायम राख्न र किसानको उत्पादन लागत सुरक्षित गर्न मूल्य समायोजन गरिएको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK