Skip to content
LAXMI SUNRISE BANK

तिलोत्तमा नगरपालिकामा १८ वर्षमुनिकालाई हुक्का र भेप बेच्न नपाइने, बेचे कारवाही गरिने !

अर्थ सरोकार

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १८ वर्षमुनिका विद्यार्थीलाई हुक्का र विद्युतीय चुरोट (भेप) बेच्न नपाइने भएको छ ।

स्वास्थ्य र भविष्यमा नकारात्मक असर पर्ने भन्दै नगरपालिकाले नगर क्षेत्रभित्र १८ वर्षमुनिका विद्यार्थीलाई हुक्का र भेपको बिक्री वितरण तथा सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । 

योसँगै अब नगरपालिकामा होटल, रेस्टुरेन्ट, चिया पसल र क्याफेहरुले १८ वर्षमुनिका विद्यार्थी र बालबालिकालाई हुक्का र भेप बेच्न पाउने छैनन् । यदि यसका बाबजुद पनि कसैले बिक्री वितरण गरेको पाइए कारवाही गरिने नगरपालिकाले चेतावनी दिएको छ । 

नगरपालिकामा शैक्षिक संस्थाको पोसाकमै विद्यार्थीहरुले यस्ता पदार्थ सेवन गर्ने गरेको भेटिएपछि दुर्व्यसन नियन्त्रणका लागि कडाई गरिएको नगरपालिकाले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK