Skip to content
LAXMI SUNRISE BANK

विश्वविद्यालयमा रिजल्ट प्रकाशित भएको १५ दिनभित्रै ट्रान्सक्रिप्ट पाइने !

अर्थ सरोकार

काठमाडौँ । विश्वविद्यालयहरुमा नतिजा (रिजल्ट) प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने भएको छ । शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा सबै विश्वविद्यालयका उपकुलपतिहरुले रिजल्ट प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय गरेका हुन् ।

त्यस्तै, क्याम्पस तथा विश्वविद्यालयहरुको परीक्षाफल प्रकाशनलाई पूर्वानुमानयोग्य बनाउन विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालयको नतिजा पोर्टल निर्माण गर्ने पनि निर्णय भएको छ । 

उच्चशिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई प्रभावकारी कार्यान्वयनको लागि परिस्कृत गर्न विश्वविद्यालय अनुदान आयोगका सचिवको संयोजकत्वमा एक समिति गठन गर्ने र उक्त समितिले १५ दिनभित्र क्यालेन्डर पेश गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै, विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र मोबाइल एप र नागरिक एप वा इमेलमा डाउनलोड गर्न मिल्ने बनाउन विश्वविद्यालयले आफ्नो एप र पोर्टल तयारी गरी नागरिक एपसँग जोड्ने कार्य १५ दिनभित्र मिलाउने पनि निर्णय गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK