Skip to content
LAXMI SUNRISE BANK

‘टियु क्रिकेट मैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौं’ -सस्मित पोखरेले

अर्थ सरोकार

काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने बताएका छन् । सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले मैदान नभत्काइने बरु त्रिविसँग नयाँ लिज एग्रिमेण्ट गरिने बताएका हुन् ।

उनले विश्वविद्यालय र खेलमैदान राज्यकै निकाय र लगानी भएको भन्दै नयाँ तवरले सम्झौता गरेर अघि बढ्ने बताएका छन् । उनले भने, ‘राज्यको यत्रो लगानी भएको छ, दुवै राज्यकै निकाय हुन् । भत्किने भन्ने हुँदैन ।’

त्रिभूवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र पठाएर क्रिकेट मैदान खाली गर्न भनेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK